काठमाडौँ : फेसबुकको प्रयोग र यसको नीतिका बारेमा फेरि एक पटक चर्चा हुन थालेको छ । फेसबुकमा कार्यरत एक जना पूर्वकर्मचारीले फेसबुकले ‘बालबालिकालाई हानि पुर्याउने र लोकतन्त्रलाई कमजोर बनाउने’ बताएकी हुन् ।
फेसबुकमा प्रोडक्टर म्यानेजरका रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले क्यापिटल हिलमा भएको बहसमा कम्पनीको आलोचना गरेकी हुन् । फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने हालै मिडियामा कम्पनीका बारेमा ‘गलत तस्बिर’ प्रस्तुत गरिएको बताएका छन् । कम्पनीका कर्मचारीलाई लेखेको पत्रमा जुकरबर्गले पछिल्लो समय गरिएका ‘धेरै दाबीको कुनै अर्थ नभएको’ बताएका छन् । उनले भने, ‘थुप्रै दाबीको कुनै अर्थ छैन । हामी प्रयोगकर्ताको सुरक्षा र मानसिक स्वास्थ्यलगायतका मुद्दाका बारेमा गम्भीर छौं ।’
हाउगनले आइतबार सीबीएस न्युजको ‘सिक्स्टी मिनट्स’ कार्यक्रममा आफूले वाल स्ट्रिट जर्नल९डब्लूएसजे०लाई फेसबुकसँग सम्बन्धित कागजात दिएको बताएकी छिन् । उनले उपलब्ध गराएको कागजातका आधारमा डब्लूएसजेले फेसबुकले मानसिक स्वास्थ्यमा असर पुर्याउने समाचार प्रकाशित गरेको थियो ।
मंगलबार अमेरिकी सांसदसमक्ष हाउगनले भनिन्, ‘कम्पनीको नेतृत्वले फेसबुक र इन्स्टाग्रामलाई कसरी सुरक्षित बनाउनेबारेमा थाहा छ तर उनीहरुले खगोलीय फाइदाका लागि आवश्यक परिवर्तन गरेका छैनन् ।’ कम्पनीमा जुकरबर्ग एक्लैको नियन्त्रण रहेको उल्लेख गर्दै उनलाई जवाफदेही बनाउने कोही पनि नभएको हाउगनले आरोप लगाएकी छिन् । फेसबुकलाई जवाफदेही बनाउन सरकारले कदम चाल्नुपर्ने पनि उनको भनाइ छ ।
जुकरबर्गले भने बालबालिकाले फेसबुकलाई अझ सुरक्षित बनाउने काममा लागेको बताएका छन् । उनले भनेका छन्, ‘मेरा लागि बालबालिकाका लागि फेसबुक सुरक्षित होस् भन्ने महत्त्वपूर्ण कुरा हो ।’
फेसबुक विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो । कम्पनीका अनुसार विश्वभर उसको मासिक २ अर्ब ७० करोड सक्रिय प्रयोगकर्ता रहेका छन् । त्यस्तै करोडौंले कम्पनीका अन्य प्लेटर्फम ह्वाट्सएप, इन्स्टाग्राम पनि चलाउँछन् ।










