गृहपृष्ठ खबर विप्लव निकट नेकपा कपिलवस्तुद्धारा तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै बिरोध प्रदर्शन

विप्लव निकट नेकपा कपिलवस्तुद्धारा तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै बिरोध प्रदर्शन

कपिलवस्तु : नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्व नेपाल पार्टी कपिलवस्तुले तीन बुदे सहमति कार्यान्वयन तथा राजनीतिक अवस्था बन्दीहरुको रिहाई मागका लागि बिरोध प्रदर्शन कार्यक्रम बुधबार गोरुसिङेमा सम्पन्न गरेको छ । उक्त बिरोध कोणसभामा नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला सचीव कमल केसीले सम्बोधन गर्दै फागुन २१ गते नेपाल सरकार र आफ्नो पार्टी ल विप्लव नेतृत्वको नेकपाबीच ३ बुदेँ सहमति भएको थियो ।

सो सहमति अनुसार नेताहरुमाथि लगाइएका झुटामुद्धा खारेज र बन्दीहरुलाई रिहा गरेको छैन् र नेता निर्मलले सहमती अक्षरांस पालना गरि सम्पुर्ण राजबन्दी रिहाई नगरे आफुहरुले कडा संघर्ष गर्ने चेतावनी दिए । एमसिसि जस्तो राष्ट्रघाती सम्झौता पास गर्ने दुस्साहस नगर्न र सम्पुर्ण नेपाली जनताहरु एमसिसीको विरुद्ध रहेको र जनताका विरुद्धमा फैसला गर्ने मुर्खता नगर्ने चेतावनी समेत दिए ।

एनसेलले अझै अर्बौं कर नतिर्दा दलका नेताहरू बोल्न नसकेको र अझ एमसिसीको ५० करोड डलर ल्याएर कमिसन खाने खेलमा लागेको उनको दाबी छ । प्रदर्शन कार्यक्रममा तीन बँुदे सहमति कार्यान्वयन गर, कालोबजारी बन्द गर, महंगी नियन्त्रण गर, एमसिसि खारेज गर, एकीकृत जनक्रान्ती जिन्दावाद, नेकपा जिन्दावाद, जस्ता नाराहरु लगाएका थिए ।

सम्बन्धित् समाचार