गृहपृष्ठ खबर शितगंगामा कर्मचारी युनियनद्धारा खनालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमित निर्बिरोध गठन

शितगंगामा कर्मचारी युनियनद्धारा खनालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमित निर्बिरोध गठन

प्रकाशित मिति:

अशोक खनाल (अर्घाखाँची) : नेपाल निजामति कर्मचारी युनियनको स्थानीय तहको अधिवेशन अन्तर्गत शितगंगा नगरपालिकामा नुमलाल खनालको अध्यक्षतामा १९ सदस्यीय स्थानीय कार्यसमित निर्बिरोध गठन भएको छ । जसको उपाध्यक्षमा कमल पन्थी, समावेशी उपाध्यक्ष कुसुम थापा, सचिव लक्ष्मण पौडेल, कोषाध्यक्ष लक्ष्मी भट्टराई, सहसचिव दामोदर ढकाल निर्वाचित हुनुभएको छ । त्यसैगरी १३ जना सदस्यहरुमा क्रमशस् योगमाया घिमिरे, बसन्ता पुन, हेमन्त कुमार भट्टराई, राजेश चौधरी, कल्पना भण्डारी, प्रकाश बेल्वासे, राज कुमार के.सी., रक्षा गौतम, प्रकास अधिकारी, शुशिल कुमार भाट, सुरज बि.क., रमा गौतम र सुभाष बञ्जाडे रहनु भएको छ ।

शितगंगाको सामुदायिक भवनमा सम्पन्न उक्त्त कार्यक्रममा शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारी, प्रमुख अतिथि रहेको कार्यक्रममा युनियनका जिल्ला अध्यक्ष शेषकान्त घिमिरे (ओशन), उपाध्यक्ष माधव अर्याल, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीका अध्यक्ष झबिन्द्र खनाल, युनियनका प्रदेश उपाध्यक्ष माया घिमिरे जिल्ला कार्य समितिका सल्लाहाकार मुक्त्तिराम खनाल, नेपाल स्वास्थ्यकर्मी संघका निवर्तमान केन्द्रीय सचिव नमनारायण बेल्वासे, युनियनका सचिव रवी अर्याल तथा युनियनका केन्द्रीय सभा सदस्य विनोद कुवर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमा शितगंगा नगरपालिक, स्थानीय कार्यसमितिका नवनिर्वाचित अध्यक्ष नुमलाल खनालले पेशागत हकहित र प्रभावकारी सेवाप्रवाह दुवै काम स्थानीय कार्य समितिले गर्ने बताउनु भएको छ । आधिकारिक ट्रेड युनियनका अध्यक्ष झबिन्द्र खनालले हक हितको लागि संगठित हुनु र संगठीत भएर सेवा प्रवाहा गर्दा कार्य सम्पादन झन प्रभावकारी हुने विश्व अध्ययानले देखाएको तथ्य प्रस्तुत गर्नुभएको थियो ।

शितगंगाका नगर प्रमुख तथा समिति गठनका प्रमुख अतिथि सूर्य प्रसाद अधिकारीले शुभकामना मन्तब्य राख्नुहुदै आफ्ना हक, हीत र अधिकारको साथसाथै जनअपेक्षा अनुसार सेवा प्रवाहा गर्न कार्य समितिले रचनात्मक कार्य गर्न सकोस भन्दै शुभकामना दिनु भएको थियो ।

युनियनका जिल्ला अध्यक्ष शेषकान्त घिमिरेले उपस्थित सम्पूर्ण यूनियनकर्मीहरु प्रति आभार व्यक्त्त गर्दै मुस्कान सहितको सेवा र पेशागत हक हित दुवैलाइ मिलाएर लैजानु पर्ने बताउनु भएको थियो ।

सम्बन्धित् समाचार