गृहपृष्ठ खबर साफ च्याम्पियनसिप : भारत लगातार दोस्रो खेलमा बराबरीमा रोकियो

साफ च्याम्पियनसिप : भारत लगातार दोस्रो खेलमा बराबरीमा रोकियो

काठमाडौं : साफ च्याम्पियनसिप २०२१ अन्तर्गत सात पटकको च्याम्पियन भारत लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ। बिहीबार भएको आफ्नो दोस्रो खेलमा भारतलाई श्रीलंकाले गोलरहित बराबरीमा रोक्यो। भारतले खेलमा गरेको आठ प्रहार मध्ये एक मात्र सर्ट्स अनटार्गेट थियो।

यसअघि भारतलाई पहिलो खेलमा १० खेलाडीमा सीमित भएर पनि बंगलादेशले १-१ गोलको बराबरीमा रोकेको थियो। यता लगातार दोस्रो खेलमा पराजित भएको श्रीलंकाले भने आफ्नो तेस्रो खेलमा बराबरी खेल्दै अंक जोड्न सफल भयो।

श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १-० र दोस्रो खेलमा नेपालसँग ३-२ ले पराजित भएको थियो। साफको अंक तालिकामा नेपाल लगातार दुई जित निकाल्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० र दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो। दोस्रो स्थानको बंगलादेशको चार अंक छ। भारत दुई अंकसहित तेस्रो स्थानमा छ भने एक अंक जोडेको श्रीलंका चौथो तथा पुछारको आयोजक माल्दिभ्सले अंक जोड्न सकेको छैन।

आज राति माल्दिभ्स र बंगलादेशबीच खेल हुँदैछ। साफमा नेपालले आइतबार भारतसँग खेल्दैछ।

सम्बन्धित् समाचार