कपिलवस्तु : नेपाली कांग्रेस बाणगंगाको पहिलो पूर्ण बैठक तथा दशै तिहार पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । विपि स्मृती भवन गजेहडामा भएको कार्यक्रममा कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत यहि असोज १३ गते सम्पन्न पालिका अधिवेशनबाट नवनिर्वाचित नगर समितिको पहिलो पहिलो बैठक तथा शुभकामना आदान प्रदान सम्पन्न सम्पन्न गरेको हो ।
सो कार्यक्रममा नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सभापति सुरेन्द्रराज आचार्यले काँग्रेसका हरेक कार्यकर्ता पार्टी प्रति इमान्दार, वफादार र नैतिकवान हुनु पर्ने बताउनु भयो। सभापति आचार्यले वाणगंगा नगरपालिका मात्र नभई कपिलवस्तुलाई कांग्रेसको किल्लाको रूपमा स्थापित गराउन नगर कार्यसमिति क्रियाशील हुनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस महासमिती सदस्य दुर्गा सेन,हरी राज घिमिरे ,गुणालक्ष्मी ज्ञवाली, बाणगंगा नगरपालिका प्रमुख तथा नेपाली काँग्रेस बाणगंगाका निवर्तमान सभापति मंगलप्रसाद थारु ,नेपाल तरुण दल कपिलवस्तुका सभापति शक्ति सिंह ठकुरी, प्रदेशसभा सदस्य रिना नेपाल, नेपाली काँग्रेस क्षेत्रिय सचिव प्रेम नारायण पौडेल, नेपाल महिला संघ केन्द्रिय सदस्य इन्दिरा भट्टराई, नेपाल कृर्षि श्रमिक संघ केन्द्र्रिय अध्यक्ष विमला गैरे,नेपाल शिक्षक महासंघ कपिलवस्तु जिल्ला अध्यक्ष देवकला सुवेदी, नेपाल विद्यार्थी संघका क्षेत्रिय सचिव चन्द्रकान्त पोख्रेल लगायतले शुभकामना दिदै कांग्रेसका हरेक कार्यकर्ता क्षमतावान र नैतिकवान रहेको बताउँदै एक जुट भएर लागेमा जुनसुकै मिसन सफल हुने बताएका थिए ।
नेपाली काँग्रेस पार्टीलाई थप सशक्त बनाउनका निम्ति संगठन विस्तारसँगै स्थानीय तह निर्वाचनको तयारीमा जुट्न आह्वान गर्दै निर्वाचित पदाधिकारीले पार्टीको सिद्धान्त जनताको मर्म अनुसार काम गर्न आग्रह गरेका थिए ।