गृहपृष्ठ खबर चीनमा बाढी : १७ हजार घरमा क्षति, २० लाख मानिस प्रभावित

चीनमा बाढी : १७ हजार घरमा क्षति, २० लाख मानिस प्रभावित

प्रकाशित मिति:

चीनको उत्तरी क्षेत्रमा रहेको शाहजी प्रान्तमा बाढी जाँदा करिब २० लाख मानिस प्रभावित भएका छन्। गत हप्तादेखिको अविरल वर्षाका कारण उक्त क्षेत्रमा रहेका १५ हजार भन्दा बढी घरहरुमा क्षति पुगेको छ। जसकारण लाखौं मानिस विस्थापित भएका छन्। प्रान्तको ७० जिल्लामै पहिरो गएको छ।

प्रभावित क्षेत्रमा उद्धार टोली पठाइएपनि वर्षाका कारण उद्धारकार्य समेत प्रभावित भएको छ। हाल १ लाख २० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

तीन महिना हेनान प्रान्तमा ३०० जनाभन्दा बढीको मृत्यु हुने गरी बाढी गएको थियो। शाहजी प्रान्तको बाढी हेनानमा गएफो बाढी भन्दा खतरनाक भएको बताइएको छ।

सम्बन्धित् समाचार