गृहपृष्ठ खबर मोतीपुर औद्योगिक क्षेत्र अतिक्रमणबाट जोगाउन गृह मन्त्री खाणको निर्देशन

मोतीपुर औद्योगिक क्षेत्र अतिक्रमणबाट जोगाउन गृह मन्त्री खाणको निर्देशन

काठमाण्डौ : गृह मन्त्री बालकृष्ण खाणले कुनै पनि हालतमा रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुनबाट जोगाउन/रोक्न निर्देशन दिनुभएको छ । हिजो आइतवार अतिक्रमणकारी र प्रहरीबीच झडप हुँदा चार जनाको ज्यान जानुका साथै कैयौँ व्यक्ति घाइते भएपछि आज सोमवार गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो ।

गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायतको बैठकमा गृह मन्त्री खाणले शान्ति सुरक्षा कायम राख्दै औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुन नदिन निर्देशन दिनुभएको हो ।

सम्बन्धित् समाचार