सागर वि.क.(वैखरी अनलाईन) : जिल्लाको बाणगंगा नगरपालिका वडा नं.२ का वडा सदस्य हिमलाल घिमिरेलाई थप उपचारका लागी काठमाडौ लगिएको छ । क्रिमसन अस्पताल मणिग्राममा उपचार सम्भव नभएपछि थप उपचारको लागी वडा सदस्य घिमिरेलाई काठमाडौं लगिएको हो । शुक्रबार बेलुका करिब ६ः३० बजेको समयमा घिमिरे मोटरसाईकलको ठक्करबाट घाईते हुनुभएको थियो ।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाईकलले साईकलमा सवाँर घिमिरेलाई ठक्कर दिएको हो । घाईते भए लगत्तै घिमिरेलाई पिपरा अस्पतालमा सामान्य उपचार गराएपछि क्रिमसन अस्पताल मणिग्राममा लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि वडा सदस्य घिमिरेलाई हेलिकप्टरमार्फत काठमाडौ न्युरो बाँसबारी अस्पतालमा लगिएको वडाअध्यक्ष विष्णुप्रसाद पौडेलले बैखरी अनलाईनलाई जानकारी दिनुभयो ।
ठक्कर दिने बाग्लुङका मोटरसाईकल चालक पनि सामान्य घाईते भएको र अहिले उनको उपचार भईरहेको छ ।