गृहपृष्ठ Featured गृहमन्त्री बालकृष्ण खाँण सोमबार गृह जिल्ला रुपन्देही आउँदै

गृहमन्त्री बालकृष्ण खाँण सोमबार गृह जिल्ला रुपन्देही आउँदै

प्रकाशित मिति:

रुपन्देही : गृहमन्त्री बालकृष्ण खाँण गृहमन्त्रालय सम्हालेको पाँच महिनापछि रुपन्देही आउन लागेका छन् । असार २९ मा गृहमन्त्री भएका उनी कार्तिक १ गते पहिलोपटक गृहजिल्ला रुपन्देही आउन लागेका हुन् ।

रूपन्देहीबाट समानुपातिक सांसद बनेका खाँण गृहमन्त्री बनेपछि लामो समय रूपन्देही नआएको भन्दै आलोचना भएको थियो । जिल्लामा भएका बाढीपहिरो, डुबान, मोतिपुर काण्डलगायतका घटनामा चासो नदिएको भन्दै उनकै पार्टीमा आलोचना भएको थियो ।

कांगे्रस नेता स्व. प्रेम खरेलको शोकसभामा सहभागी हुन रुपन्देही आउन लागेको कांग्रेस रूपन्देहीले जनाएको छ ।यही समय पारेर नेपाली कांग्रेस रुपन्देहीले उनको बधाई तथा सम्मान कार्यक्रम राखेको नेपाली कांगे्रस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिएका छन् ।

 

सम्बन्धित् समाचार