गृहपृष्ठ Featured बाँकेमा भन्सार छली गरेर ल्याएको ६ लाख बढीको मोबाइल बरामद

बाँकेमा भन्सार छली गरेर ल्याएको ६ लाख बढीको मोबाइल बरामद

प्रकाशित मिति:

बाँके : बाँके प्रहरीले भन्सार छली गरी ल्याएको ६ लाख बढीको मोबाइल बरामद गरेको छ । भारतबाट भन्सार छली चोरी पैठारी गरेर ल्याएको आइटेल कम्पनीको किप्याड ९ सय थान मोबाइल प्रहरीले बरामद गरेको हो ।

उक्त मोबाइलको मुल्य करिब ६ लाख ३० हजार बराबर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बरामद गरिएको मोबाइललाई भन्सार कार्यालय नेपालगन्जमा पठाइएको छ ।

सम्बन्धित् समाचार