गृहपृष्ठ Featured रुपन्देहीमा ९ वर्षीय छोरासहित एक महिला वेपत्ता : खोजी गरिदिन सबैसँग अनुरोध

रुपन्देहीमा ९ वर्षीय छोरासहित एक महिला वेपत्ता : खोजी गरिदिन सबैसँग अनुरोध

प्रकाशित मिति:

तिलोत्तमा : रुपन्देहीमा एक ३१ वर्षीया महिला आफ्नो ९ वर्षीय छोरासहित बेपत्ता भएकी छन् । असोज २२ गतेदेखि वेपत्ता उनी घर र माइतको सम्पर्कमा नआएपछि खोजीका लागि आफन्तले मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरेको छ ।

गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ५ निवासी संगीता गैरे बुटवल कालिकानगरस्थित सानीआमाको घरबाट एकाएक सम्पर्कबिहीन भएको उनका श्रीमान खडानन्द गैरे (देउती) ले बताए ।

एम्स स्कुल राजमार्ग चौराहामा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय छोरा दिक्षान गैरेलाई साथमा लिएर श्रीमती सम्पर्कबिहीन भएदेखि मोवाइल पनि स्वीच अफ गरेको जानकारी दिंदै उनले खोजी गरिदिन सबैसँग अनुरोध गरे ।

आफू वैदेशिक रोजगारीको शिलशिलामा भियतनाममा रहेको र एक महिना अगाडि मात्रै घरमा आएको उनले जानकारी दिए । संगीता बिगत सात–आठ वर्षदेखि छोरासहित सानीआमाको घरमा बस्दै आएकी थिइन् । उनका सानीआमाको परिवार भने लण्डनमा रहेको छ ।

सम्बन्धित् समाचार