गृहपृष्ठ खबर प्रधानमन्त्री देउवाको नेतृत्वमा ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने

प्रधानमन्त्री देउवाको नेतृत्वमा ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने

प्रकाशित मिति:

काठमाडौं : मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ। ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तनसम्बन्धी २६औँ सम्मेलन हुँदैछ।

समिटमा विश्वका १२० भन्दा बढी देशका प्रमुखहरु सहभागी हुने बताइएको छ। उक्त समितमा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामामा पनि सहभागी हुने बीबीसीले जनाएको छ।

सन् २०१५ मा पेरिसमा भएको जलवायु परिवर्तनबारेको सम्मेलनपछि अहिलेसम्मकै सबैभन्दा वृहद छलफल यही हुने बताइएको छ।

सम्बन्धित् समाचार