गृहपृष्ठ Featured सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति कार्यान्वयनबारे सकारात्मक छलफल

सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति कार्यान्वयनबारे सकारात्मक छलफल

प्रकाशित मिति:

काठमाडौं: सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच तीनबुँदे सहमति कार्यान्वयनबारे सकारात्मक छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको पहलमा भएको छलफलमा महान्यायाधिवक्ता खम्मबहादुर खाती, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत सहभागी भए।

गृह मन्त्रालयमा भएको छलफलमा विप्लव समूहका नेता कार्यकर्तामाथि लागेका मुद्दाहरूको अवस्थाबारे दुवै पक्षबाट विगतमा पेस भएको सूचीमा पछिल्लो समयसम्म भएको प्रगतिका आधारमा ‘भेरिफाइ’ गरी अन्तिम सूची तयार गर्ने’ सहमति भएको छ ।

त्यसरी तयार भएको अन्तिम सूचीका आधारमा बाँकी रहेका मुद्दाहरूलाई कसरी किनारा लगाउन भनेर अर्को बैठकमा छलफल गरिने गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिए ।

सम्बन्धित् समाचार