गृहपृष्ठ Featured बाणगंगाका ३६ वर्षीय पुरुष एक हप्तादेखि वेपत्ता : खोजी गरिदिन सबैसँग अनुरोध

बाणगंगाका ३६ वर्षीय पुरुष एक हप्तादेखि वेपत्ता : खोजी गरिदिन सबैसँग अनुरोध

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तुमा एक जना पुरुष बेपत्ता भएका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं.७ बनगाई निवासी खिमराज गिरी बेपत्ता भएका हुन् । असोज २७ गते बिहान ६ बजे मोर्निङ्ग वाक जान्छु भनी घरबाट हिँडेको तर उनी घर र साथीभाईको सम्पर्कमा नआएपछि खोजीका लागि आफन्तले मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरेको छ ।

उनी एक हप्तादेखि सम्पर्कबिहीन भएदेखि मोवाइल पनि स्वीच अफ गरेको जानकारी दिंदै परिवारले खोजी गरिदिन सबैसँग अनुरोध गरे । बेपत्ता भएका गिरीका २ छोरा छन् ।

उनलाई देख्ने, भेटाउने जो कसैले पनि ९८५७०५०८२० र ९८५१०९४४७६ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।

सम्बन्धित् समाचार