गृहपृष्ठ Featured विराटनगर विमानस्थल जलमग्न भएपछि रोकिए उडानहरू

विराटनगर विमानस्थल जलमग्न भएपछि रोकिए उडानहरू

विराटनगर : केसलिया खोलाको बाढी पसेर विराटनगर विमानस्थल जलमग्न भएपछि उडानहरू रोकिएका छन्। नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख उत्सवराज खरेलकाअनुसार विमानस्थलको अधिकांश भाग जलमग्न छ। रन–वेदेखि कर्मचारी र सुरक्षाकर्मीका क्वार्टरसम्मै पानी पसेको छ।

प्रमुख खरेलले भने, ‘तर यस पटकको पानीमा लेदो देखिएको छैन। त्यसैले पानी सुकेपछि धूलो हटाउन धेरै मेहनत गर्नु नपर्ला।’

यसअघि २०७४ को बाढी विमानस्थलमा पस्दा लेदोसहितको पानी थियो। जसका कारण लेदो सफा गरेर विमानस्थल खुलाउन ७ दिन काम गर्नुपरेको थियो।

सम्बन्धित् समाचार