गृहपृष्ठ Featured दाङमा खोलाले यात्रुुबाहक जीप बगायो : ५ यात्रुले हामफालेर ज्यान जोगाए

दाङमा खोलाले यात्रुुबाहक जीप बगायो : ५ यात्रुले हामफालेर ज्यान जोगाए

दाङ : अविरल वर्षासँगै आएको बाढीले दाङमा यात्रुुबाहक जीप बगाएको छ । जीपमा सवार ५ जना यात्रुले हामफालेर ज्यान जोगाएका छन् ।

मंगलवार राति ५ जना यात्रु सवार जीप गढवा गाउँपालिका–२ महदेवास्थित खौरा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राति करीब ११ बजेतिर बा१७च ५३४४ नम्बरको जीप गढवाबाट पोखरातर्फ जाँदै गर्दा खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी लिए ।

प्रहरी घटनास्थलमा पुग्नुअगावै ५ जना यात्रु गाडीबाट सकुशल निस्किसकेका थिए । ‘मानवीय क्षति भएको छैन । गाडीमा भने क्षति पुगेको छ,’ एसपी काफ्ले भने, ‘खोलामा बगेको गाडी निकाल्ने प्रयास भइरहेको छ ।’

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नर्ती र लमहीकोबीचमा पर्ने मजगाउँमा पर्यटक बोक्ने बा१प १३३८ नम्बरको बस दुर्घटनामा परेको छ । बस चिप्लिएर सडक किनारामा पल्टिएको छ तर मानवीय क्षति भएको छैन । बसमा चालक र सहचालक मात्रै रहेको तथा यात्रु लिनको लागि जाँदै गर्दा दुर्घटनामा परेको छ ।

सम्बन्धित् समाचार