बुटवल : रुपन्देहीको सैनामैनामा एक युवाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सैनामैना नगरपालिका–१ रानीकुवाका २४ वर्षीय गँगाबहादुर बि।क। रहेको इलाका प्रहरी कार्यालय मुर्गिया (रन्यौरा) का प्रहरी निरीक्षक चक्रडम्बर पालले बताए ।
बि.क.ले गयराती आफ्नै घरको बलोमा डोरीको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको प्रहरी निरीक्षक पालले जानकारी दिए । आत्महत्या गर्नुको कारण नखुले पनि बि.क.ले मानसिक रोगको औषधी सेवन गर्दै आएको प्रहरीले जनाएको छ।
मृतक वि.क.को शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरी निरीक्षक पालले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बि.क.की एक श्रीमती र २ छोरा-छोरी रहेका छन्।








