कपिलवस्तु : कपिलवस्तुको बुद्धुभुमी नगरपालिका– १० स्थित बिजगौरीमा खोलाले २ जना महिलालाई बगाएको छ । बाणगंगा नदी अन्तर्गत बिजगौरीमा रहेको खोेला तर्ने क्रममा वडा नं.– १० ढडीहवाकी एक महिला र एक बालिकालाई आज बुधवार दिउँसो २ बजे बगाएको हो ।
३० बर्षीय सिता थारु र १२ बर्षिया सूजना थारुलाई खोलाले बगाएको प्रहरी नायब उपरिक्षक धर्मराज भन्डारीले बताए । खोलाले बगाएर बेपत्ता भएका मध्ये सिताको शव १०० मिटर दक्षिण तर्फ मृत अवस्थामा भेटिएको भन्डारीले बताए । सूजना शव बुधवार साझ सम्म भेटिएको छैन ।
बेपत्ताको खोजीको लागि नेपाली सेनाका १३ र सशस्त्र प्रहरीका २७ र नेपाल प्रहरीका टोली घटना स्थलमा पुगेर कार्य जारी राखेका छन । स्थानीय अनुसार खसी चराउन गएका दुबै जना घोलामा बगेका दाउरा निकाल्न गएका थिए ।