कपिलवस्तु : नेपाली कागे्रंस कपिलवस्तुले वर्षा, बाढी र डुवानबाट धानबाली क्षति भएका किसानलाई राहत दिन सरकारसँग माग गरेको छ । पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आर्चायले वक्तव्य जारी गर्दै क्षति विवरण संकलन गरी राहत घोषणा गर्न माग गरेका छन् ।
कपिलवस्तु लगायत विभिन्न जिल्लामा केही दिन देखी परेको अविरल वर्षको कारण भित्राउन लागेको अवस्थामा वर्षाको कारण किसान मारमा परेकाले तत्काल सरकारले किसानहरुको समस्या समाधान गर्न माग गरेका छन् ।
आर्चायले स्थानीय, प्रदेश र संघिय सरकार संग किसानलाई राहत दिन माग गरेका छन् ।