काठमाडौं : आइतवारबाट परेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशभर हालसम्म ८८ जनाको ज्यान गएको छ। अझै ३० जना बेपत्ता छन्।
असोज ३१ गते आइतवारबाट सुदूरपश्चिमलगायत देशका अधिकांश पहाडी जिल्लामा मुसलधारे वर्षा भएको थियो। गृह मन्त्रालयले दिएको जानकारी अनुसार बाढी पहिरोमा परेर पाँचथर, कालिकोट, बैतडी, डडेलधुरा, डोटी, हुम्ला, प्युठान, धनकुटा लगायत १४ जिल्लामा ८८ जनाको मृत्यु भएको हो।
बुधवार ३ बजेसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै पाँचथरमा २४ जनाको मृत्यु भएको छ। त्यस्तै, इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ।
यसैगरी, धनकुटामा ७ जना, हुम्लामा ६ जना, बैतडीमा ४ जना, बझाङ, सुनसरी र उदयपुरमा २र२ जना तथा कालिकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा १र१ जनाको मृत्यु भएको हो।
बाढी पहिरोमा परेर २२ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ।








