गृहपृष्ठ Featured सामलिङ पावर कम्पनीको आइपिओ बिक्री खुला

सामलिङ पावर कम्पनीको आइपिओ बिक्री खुला

सामलिङ पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा सात करोड ३० लाख रुपैयाँबराबरको सात लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन ९आइपिओ०को सेयर बिक्री खुला गरेको हो।

निष्कासन गरिने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषलाई र दुई प्रतिशत अर्थात् १४ हजार ६ सय कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी रहेको ६ लाख ७८ हजार नौ सय कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आजदेखि आवेदन दिन पाउने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

कम्पनीको विवरण पत्रअनुसार सर्वसाधारणले यही कात्तिक ८ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए कात्तिक १८ सम्म निष्कासन खुला हुने विवरणपत्रमा उल्लेख छ।

कम्पनीले हाल इलाम जिल्लाको इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका क्षेत्रमा पर्ने माइखोलामा कुल नौ दशमलव ५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। उक्त आयोजना निर्माणको कुल अनुमानित लागत दुई अर्ब रुपैयाँ हुने र प्रतिमेगावाट लागत २१ करोड तीन लाख पाँच हजार रुपैयाँ हुने जनाइएको छ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘केयरएनपी आइआर बिबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ। रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिममा रहेको भन्ने बुझिन्छ।

सम्बन्धित् समाचार