गृहपृष्ठ Featured लुम्बिनी प्रदेश सरकारले कृषकका लागी उचित राहत र क्षतिपुर्तिको व्यवस्था गर्छ- कृषि राज्यमन्त्री यादव

लुम्बिनी प्रदेश सरकारले कृषकका लागी उचित राहत र क्षतिपुर्तिको व्यवस्था गर्छ- कृषि राज्यमन्त्री यादव

सागर वि.क.(वैखरी अनलाईन) : लुम्बिनी प्रदेश सरकारका कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री सुष्मा यादवले कृषकहरुका लागी उचित राहत र क्षतिपुर्तिको व्यवस्था गर्ने बताउनुभएको छ । अहिले हरेक जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमार्फत क्षतिको विवरण संकलन गर्ने कार्य भईरहेको र त्यो विवरण संकलन कार्य सम्पन्न पछि सरकारले राहतको व्यवस्था गर्ने बताउनुभयो । बिहिबार बैखरी अनलाईनसंगको संक्षिप्त कुराकानीमा कृषि राज्यमन्त्री यादवले यस्तो बताउनुभएको हो ।

प्रदेशका विभिन्न जिल्लामा भएको क्षतिको अवस्थालाई मध्येनजर गरि सोही अनुरुप राहत उपलब्ध गराईने उहाँको भनाई छ । राज्यमन्त्री यादवले अहिले लुम्बिनी प्रदेशका मात्र नभएर देशभरका कृषक धानबाली डुवानमा परेपछि पिडामा रहेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले विपत व्यवस्थापनलाई कृषि मन्त्रालय र मुख्यमन्त्री कार्यालय मार्फत कृषकको मर्कालाई बुझेर योजना बनाईरहेको समेत बताउनुभएको छ ।

उहाँले प्रदेश सरकार र कृषि मन्त्रालयले कृषकलाई निरास नबनाउने समेत दाबी गर्नुभयो । प्रदेश सरकारको क्षमता अनुसार कृषकका पिर मर्का सम्बोधन गर्ने उहाँको भनाई छ ।

सम्बन्धित् समाचार