कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा बेवारिसे शव फेला परेको छ । गाउँपालिकाको वडा न. ५ बनगाइको बाटो नजिकै रहेकोे खाल्डोमा मृत अवस्था फेला परेको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर बिष्टले जानकारी दिए ।
मृतकको पहिचान नखुलेको र शव पोस्टमार्टमको लागि शिवराज अस्पताल बहादुरगंज पठाइएको बिष्टले बताए । विहिबार विहान साढे ६ बजे प्रहरीले थाहा पाएपछि घटना स्थल पुगेको हो ।
सो घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।