गृहपृष्ठ Featured दाङमा लेनदेन मुद्धामा फरार महिला ५ बर्षपछि पक्राउ

दाङमा लेनदेन मुद्धामा फरार महिला ५ बर्षपछि पक्राउ

प्रकाशित मिति:

दाङ : दाङमा लेनदेन मुद्धामा फरार एक महिला ५ बर्ष पछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ की ३७ बर्षिया मेनुका कार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एबम डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।

२०७३ साउन २३ गते दाङ देउखुरी जिल्ला अदालतबाट लेनदेन मुद्धामा १ बर्षको कैद फैसला पछि फरार उनलाई ५ वर्ष ३ महिना पछि गत असोज ३० गते अपराहन्न साढे चार बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घोराही १४ मा लुकिछिपी बसीरहेको अबस्थामा उनलाई पक्राउ गरिएको र आजै दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रवक्ता रिजालले बताउनुभयो ।

सम्बन्धित् समाचार