गृहपृष्ठ Featured जनकपुरधाममा खानेपानी प्रमुखलाई नियन्त्रणमा लिएर दुर्व्यवहार

जनकपुरधाममा खानेपानी प्रमुखलाई नियन्त्रणमा लिएर दुर्व्यवहार

प्रकाशित मिति:

सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाममा एक सरकारी कर्मचारीमाथी दुर्व्यवहार गरेको छ। ‘जनकारवाही’ को नाममा खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार भएको हो।

जनमत पार्टीका कार्यकर्ताले बिहीबार कार्यालयबाटै कुशवाहालाई बन्धक बनाएर दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका हुन्। जनकपुरमा ढल निकासको उचित प्रबन्ध नगरेको झोंकमा सैयौंको संख्यामा रहेका सो पार्टीका कार्यकर्ताले प्रमुख कुशवाहालाई पिराडी चोकस्थित कार्यालयमा पुगेर बन्धक बनाएका थिए। सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म परेको वर्षाले जनकपुर जलमग्न भएपछि राउत समर्थक कार्यकर्ता कुशवाहालाई नियन्त्रणमा लिएर आक्रोश पोखेका हुन्।

आफ्नो कार्यकक्षमा बसिरहेका प्रमुख कुशवाहालाई लाठी र बाँसको भाटा बोकेर पुगेका राउत समर्थकले बन्धक बनाएर लछारपछार गर्दै जनकपुर घुमाएका थिए। प्रमुख कुशवाहाको माथिल्लो शरीर नाङ्गै पारी भ्रष्टाचारीको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताले शरीरमा हिलो फालेर नगर परिक्रमा गराएको छ।

सरकारी कार्यालयका प्रमुखलाई बन्धक बनाएर जनकपुर घुमाइरहँदा प्रहरी भने निरीहतापूर्वक अघिअघि मात्रै हिँडिरहेका थिए। प्रहरी परिचालन गरिएपनि प्रमुख कुशवाहालाई राउत समर्थकले टिसर्ट च्यातिदिएर घण्टौं घुमाइरहे। प्रमुख कुशवाहालाई राउत समर्थकले करिब १ घण्टा जनकपुर घुमाएका थिए।

सम्बन्धित् समाचार