गृहपृष्ठ Featured राज्यमन्त्री नेपाललाई यशोधरा माबिद्धारा सम्मान

राज्यमन्त्री नेपाललाई यशोधरा माबिद्धारा सम्मान

कपिलवस्तु : लु्म्बिनी प्रदेशकी पर्यटन ग्रामीण तथा शहरी विकास राज्य मन्त्री रिना नेपाललाई आफुले अध्ययन गरेको तौलिहवा स्थित यशोधरा माबिले सम्मान तथा अभिनन्द गरेको छ । बिद्यालय ब्यवस्थापन समिति तथा शिक्षक परिवारले बिदालयमा आयोजित कार्यक्रममा फुलमाला, खादा र मायाको चिनो प्रदान गरी राज्य मन्त्री नेपाललाई सम्मान गरिएको हो ।

बिद्यालयका अध्यक्ष तथा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, बिद्यालयका प्रअ बिनोद गुप्ता लगायतले राज्य मन्त्री नेपाललाई खादा लगाई सम्मानित गरेका थिए । राज्य मन्त्री नेपाल कक्षा १ देखि १० सम्म त्यही बिदालयमा अध्ययन गरी एसएलसी समेत २०५२ सालमा यहीबाट पास गरेका थिईन ।

सो अवसरमा उनले रिटाएर भएका बिदालकया कर्मचारी रामप्रसाद कहारलाई दोसल्ला ओढाई सम्मानित गरेकी थिईन । आफुले २६ बर्ष अघि यही बिदालयमा पढेर एसएलसी दिएको संझना गर्दै आफुलाई बिदालयले सम्मान गरेकामा निकै खुशी लागेका बताईन ।

सम्बन्धित् समाचार