गृहपृष्ठ Featured बङ्गलादेश टी–२० विश्व कप क्रिकेटको ‘सुपर १२’ मा प्रवेश

बङ्गलादेश टी–२० विश्व कप क्रिकेटको ‘सुपर १२’ मा प्रवेश

प्रकाशित मिति:

काठमाण्डौ : बङ्गलादेश आईसीसी टी–२० विश्व कप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ । आज बिहीवार भएको महत्त्वपूर्ण खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ८४ रनले हराउँदै बङ्गलादेशले अघिल्लो चरणको यात्रा पक्का गरेको हो ।

आज कुबेतको अल अमिरात मैदानमा बङ्गलादेशले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको पीएनजी ९७ रन बनाउँदा अलआउट भयो । पीएनजीका किप्लिन दोरिगाले अविजित ४६ र चाड सोपले ११ रन बनाउनुबाहेक अरू कसैले पनि दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बङ्गलादेशका सकिब अल हसनले चार तथा मोहम्मद सैफुद्दिन र तस्किन अमहदले दुईरदुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बङ्गलादेशले २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन बनायो । बङ्गलादेशका लागि कप्तान मोहमदुल्लाहले ५० र सकिब अल हसनले ४६ रन बनाए ।

बलिङतर्फ पीएनजीका कबुआ मोरे, दमिन रबु र असाद भालाले दुईरदुई विकेट लिए ।

सम्बन्धित् समाचार