१३औँ दक्षिण एसियाली फुटबल ९साफ० प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी उपविजेता बनेको नेपालले फिफा वरीयतामा स्थान सुधार गर्न भने सकेन । विश्व फुटबलकै सर्वोच्च निकाय फिफाले विहीबार जारी गरेको पुरुष वरीयतामा नेपाल एक स्थान ओरालो लागेको छ ।
ताजा वरीयताअनुसार नेपाल १६९औँ स्थानमा छ । १६ सेप्टेम्बरको फिफा वरीयतामा नेपाल १६८औँ स्थानमा थियो । दक्षिण एसियाली वरीयतामा भने नेपालको तेस्रो स्थान यथावत् नै छ ।
नेपालले नौ सय ७२ रेटिङ प्राप्त गरेको छ । गत साता माल्दिभ्सको मालेमा सम्पन्न १३औँ साफ च्याम्पिनसिपमा नेपालले पाँच खेल खेलेको थियो । नेपालले दुई जित, दुई हार र एक बराबरी नतिजा निकाल्यो ।
सेप्टेम्बर महिनामा नेपालले भारतसँग दुर्ई मैत्रीपूर्ण खेल खेल्दा एक बराबरी र एकमा हार सामना गरेको थियो । साफ इतिहासको २८ वर्षपछि फाइनल पुगेको नेपाल भारतसँग ३–० ले पराजित भएको थियो ।








