गृहपृष्ठ Featured प्रधानमन्त्रीको सम्बोधन- पीडितलाई हप्काउँदै भने, ‘ए भाइ, बढ्ता बोल्दैहुनुहुन्छ, चुप लाग्नुस्’

प्रधानमन्त्रीको सम्बोधन- पीडितलाई हप्काउँदै भने, ‘ए भाइ, बढ्ता बोल्दैहुनुहुन्छ, चुप लाग्नुस्’

प्रकाशित मिति:

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि भन्दै हेलिकोप्टरमा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार करिब पाँच बज्नै लाग्दा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रममा सहभागी भए ।

करिब १३ मिनेट कार्यक्रममा बसेका उनले डेढ मिनेट सम्बोधन गरे । त्यही क्रममा पनि एक पीडितलाई हप्काए । प्रधानमन्त्री देउवा सम्बोधन गर्न थालेपछि मञ्चको अगाडि बसेका एक पीडित युवाले गुनासो गर्दै भने, ‘सुनिएन प्रधानमन्त्रीज्यू, अलि ठूलो स्वरमा बोलिदिनुस् न’ भनेका थिए । प्रधानमन्त्री देउवा त्यतिमै जंगिए र भने, ‘ए भाइ, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ, चुप लाग्नुस् ।’ प्रधानमन्त्रीले माइकबाटै हप्काएपछि ती युवा चुपचाप बसे ।

सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले भने, ‘बाढीपहिरोले देशभर पीडा दिएको छ । धेरै धनजनको क्षति भएको छ । यो टोली काठमाडौं फर्किएपछि सरकारले राहत र पुनस्र्थापनाको प्याकेज ल्याउँछ, पीडितको पीडा सम्बोधन गर्छ । कटान, पटान, डुबान क्षेत्रका जनताको समस्या समाधान गर्न सरकार तयार छ ।’ यति भनिसकेपछि ‘अबेर भइसक्यो, अब म लागेँ’ भन्दै प्रधानमन्त्री विद्यालय प्रांगणमै रहेको हेलिकोप्टर चढेर कैलालीको धनगढीतर्फ लागे । -रासस

सम्बन्धित् समाचार