गृहपृष्ठ Featured टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

काठमाण्डौ : आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । दुवै खेल सारजाह क्रिकेट स्टेडियममा हुनेछ । पहिलो चरणको समूह ‘ए’ अन्तर्गतको आजको पहिलो खेलमा आयरल्यान्डले नामिबियासँग दिउँसो पौने चार बजे खेल्ने छ ।

चार टोली रहेको यस समूहमा श्रीलङ्काले दुई खेल जित्दै ुसुपर १२ु को यात्रा सुनिश्चित गरिसकेकाले आयरल्यान्ड र नामिबिया दुवैलाई आजको खेल जित्नै पर्ने दबाब छ ।

यस्तै, आजै हुने दोस्रो खेलमा बेलुका पौने ८ बजे श्रीलङ्का र नेदरल्यान्ड्स खेल्ने छन् । श्रीलङ्का ‘सुपर १२’ मा पुगिसकेको छ भने नेदरल्यान्ड्स प्रतियोगिताबाटै बाहिरिसकेको छ ।

सम्बन्धित् समाचार