गृहपृष्ठ Featured स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं : प्रहरीले स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट ईशनाथ नगरपालिका १ का २२ वर्षीय सुशिल कुमार साह रहेका छन् ।

कात्तिक ४ गते दिउँसो ४ बजेको समयमा सिमा प्रहरी चौकी बन्जरहावाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका शाहलाई बकैया खोलाको बाँधमा चेकजाँच गर्नेक्रममा पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप कारबाही र अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरीले कार्यालय रैतहटले जनाएको छ ।

सम्बन्धित् समाचार