गृहपृष्ठ Featured खानेपानी कार्यालय प्रमुखमाथि दुर्व्यवहार गर्ने १७ जनाविरूद्ध मुद्दा दर्ता

खानेपानी कार्यालय प्रमुखमाथि दुर्व्यवहार गर्ने १७ जनाविरूद्ध मुद्दा दर्ता

प्रकाशित मिति:

जनकपुरधाम : खानेपानी कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका जनमत पार्टीका १७ जना कार्यकर्ताविरूद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ।

बिहीबार दिउँसो लाठी, भाटासहित कार्यालयका पुगेका जनमत पार्टीका नेता कार्यकर्ताहरूले प्रमुख कुशवाहालाई कार्यालयबाट निकालेर कालोमोसो तथा कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए। उनीहरुले कुशवाहाको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न बनाएका थिए।

उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले बिहीबार ६२ जनालाई नियन्त्रणमा लिएको थियो। जसमध्ये १७ माथि सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

डिएसपी बस्नेतका अनुसार जनमत पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेम किशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेताहरू संजय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, संजय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डल विरूद्ध मुद्दा दर्ता गरिएको छ।

सम्बन्धित् समाचार