गृहपृष्ठ Featured प्रदेश १ का मुख्यमन्त्री आचार्यले आजै विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आजै विश्वासको मत लिने

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आजै विश्वासको मत लिने भएका छन्। नेकपा ९एमाले० संसदीय दल, प्रदेश १ को शुक्रबार बिहान बसेको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिएर जाने निर्णय लिएको हो।

बैठक ‍सुरु भएसँगै विश्वासको मतका लागि आज टेबुल हुने आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ अधिकारीले जानकारी दिए। मन्त्री अधिकारीले भने, ‘सदन सुरु भएपछि विश्वासको मत आज टेबुल हुन्छ र छलफल प्रारम्भ हुन्छ।’

कार्यव्यवस्था समितिको बैठकको निर्णय अनुसार मतदान आइतबार हुने उनले बताए ।

सम्बन्धित् समाचार