गृहपृष्ठ Featured प्रचण्डको रिफ्रेसमेन्ट : जिपलाइनमा सरर….

प्रचण्डको रिफ्रेसमेन्ट : जिपलाइनमा सरर….

प्रकाशित मिति:

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धुलिखेल पुगेर जिपलाइन खेलको अनुभव लिएका छन् । पारिवारिक भ्रमणका क्रममा नातिनातिनीसहित धुलिखेल पुगेका उनले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् । साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै दाहालले आफूले जिपलाइनको मज्जा लिएको बताए ।

पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको उनको भनाइ छ ।

जिपलाइनको टेक अफ ९थाक्लेडाँडा, धुलिखेल० देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको दूरी ११ सय मिटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फिट रहेको जिपलाइन ७० किलोमिटर प्रतिघण्टाको औसत गतिमा पार हुन्छ ।

काठमाडौंबाट करिब ३५ किलोमिटर दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यावसायिक रुपमा सुरु भएको हो ।

सम्बन्धित् समाचार