गृहपृष्ठ Featured ‘पबजी’को नयाँ गेमिङ सेगमेन्ट ‘न्यू स्टेट’ आउँदै : नेपालसहित २७ देशहरुमा अन्तिम परीक्षण

‘पबजी’को नयाँ गेमिङ सेगमेन्ट ‘न्यू स्टेट’ आउँदै : नेपालसहित २७ देशहरुमा अन्तिम परीक्षण

प्रकाशित मिति:

‘पबजी’ले नोभेम्बर ११ मा आफ्नो नयाँ गेमिङ सेगमेन्ट ‘न्यू स्टेट’ लन्च गर्ने भएको छ। ‘पबजी’को निर्माता दक्षिण कोरियाली कम्पनी क्राफ्टनले नयाँ मोबाइल गेम एन्ड्रोइड र आइओएममा दुईसय बढी देशमा लन्च गर्ने जनाएको छ।

गत सेप्टेम्बरमै क्राफ्टनले नयाँ ‘पबजी’को प्रि-रजिष्ट्रेसन खोलिसकेको छ। अहिलेसम्म पाँच करोडभन्दा बढी प्रि-रजिष्ट्रेसन भइसकेको कम्पनीले जनाएको छ। न्यू स्टेट विभिन्न १७ भाषामा उपलब्ध छ।

न्यू स्टेटको अन्तिम प्राविधिक परीक्षण आगामी साता नेपालसहित २७ देशहरुमा सञ्चालन गर्ने तयारी क्राफ्टनले जनाएको छ।

सम्बन्धित् समाचार