गृहपृष्ठ Featured धानबाली नोक्सान भएका किसानलाई क्षतिपुर्ति दिन तरुण दल कपिलवस्तुको माग

धानबाली नोक्सान भएका किसानलाई क्षतिपुर्ति दिन तरुण दल कपिलवस्तुको माग

वैखरी अनलाईन : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल कपिलवस्तुले अविरल वर्षाका कारण आएको बाढी र डुबानले धानबालीमा क्षति पुगेको भन्दै किसानलाई उचित क्षतिपूर्ति दिन सरकारसंग माग गरेको छ । संगठनका सभापति शक्ति सिंह ठकुरीले कपिलवस्तुका विभिन्न स्थानहरुमा भएको धानबालीको क्षतिको यथार्थ विवरण संकलन गरी कृषि वस्तुहरुको उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसंग माग गरेका हुन् ।

प्रतिकुल परिस्थितिले कपिलवस्तु जिल्लाका कृषि क्षेत्रमा समेत ठूलो हानी, नोक्सानी, क्षति हुन पुगेकोमा नेपाल तरुण दल कपिलवस्तुको गम्भिर ध्यानाकर्षण भएको सभापति ठकुरीले बताउनुभयो ।

केही दिन देखि परेको अविरल वर्षाका कारण कपिलवस्तुमा भित्राउन लागेको धानमा क्षति पुगेपछि किसान मारमा परेकाले तत्काल सरकारले किसानहरुको समस्या समाधान गर्न सभापति ठकुरीको माग छ । उहाँले स्थानीय, प्रदेश र संघिय सरकारसंग किसानलाई राहत दिन माग गरेका छन् । विगत केही दिन यताको अविरल वर्षाका कारण थन्क्याउने बेला भएको धान बाली डुबानमा परेको छ ।

नेपाल तरुण दल कपिलवस्तुले विगतदेखि जिल्लामा हुने गरेका विभिन्न विपत तथा अप्ठयारोमा क्रियाशिल हुदैं कार्य गर्दै आईरहेको छ ।

सम्बन्धित् समाचार