गृहपृष्ठ Featured लुम्बिनी प्रदेशमा सरकार निकट मिडियालाई बजेट बाँडेको भन्दै विरोध

लुम्बिनी प्रदेशमा सरकार निकट मिडियालाई बजेट बाँडेको भन्दै विरोध

बुटवल : लुम्बिनी प्रदेश सरकारले सरकार निकटका सञ्चार माध्यमलाई मात्रै बजेट विनियोजन गरेको भन्दै सञ्चार सम्बद्ध संस्थाहरुले विरोध जनाएका छन् । प्रकाशन तथा प्रसारण समाज र एलायन्स फर कम्युनिटी मिडियाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सरकारले तोक आदेशको भरमा आफू निकटका निजी सञ्चारलाई अनुदान दिने, घर बनाउन र पर्खाल घेर्नेदेखि लिएर उपकरण खरिद गर्नेजस्ता शीर्षकमा बजेट छुट्टाइएको भन्दै विरोध जनाएका छन् ।

प्रकाशन तथा प्रशारण समाजका अध्यक्ष नवराज कुँवर र सचिव माधव नेपालले जारी गरेको विज्ञप्तिमा यस्ता बेथितिहरुलाई तत्काल रोकी सञ्चार माध्यमलाई नगद अनुदान भन्दा पनि समानुपातिक विज्ञापन वितरण प्रणाली अंगीकार गर्न आग्रह गरिएको छ ।

यस्तै अघिल्लो सरकारले राखेका सञ्चारसम्बन्धी कतिपय कल्याणकारी कोषको बजेट कटौती गरिएको हुँदा पुनः बजेटलाई पुनरावलोकन गरी बजेट तथा लुम्बिनी प्रदेश सरकार मिडिया मैत्री बन्नका लागि आग्रह गरिएको छ ।

सम्बन्धित् समाचार