बुटवल : रुपन्देहीमा लाखौँ मूल्य बराबरको अवैध सालको काठ बरामद भएको छ । प्रहरीले अबैध सालको काठ सहित मानिस, ट्याक्टर र मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
बिहीबार साँझ लुम्बिनी सांस्कृतिक नगरपालिका–१, खुनगाईमा साही नगरपालिका –१० पिपलपतियाका २७ वर्षीय जितेन्द्र यादबले लु १ त १२६१ नं.को ट्याक्टरमा अबैध रुपमा बिना कागगजात सिसौको १५ गोलिया काठ ओसार पोसार गरिरहेको अवस्थामा पक्राउ गरिएको रुपन्देहीले प्रहरीले जनाएको छ ।
सो काठको अनुमानित मूल्य ४ लाख (ट्याक्टर सहित) रहेको र आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालय पठाइएको छ ।








