गृहपृष्ठ Featured लुम्बिनी प्रदेशमा विगतमा विद्युतीय सवारी तानातान, अहिले अलपत्र

लुम्बिनी प्रदेशमा विगतमा विद्युतीय सवारी तानातान, अहिले अलपत्र

प्रकाशित मिति:

रुपन्देही : लामो समयदेखि वातावरणविद्हरुले लुम्बिनीमा प्रदूषण नियन्त्रणमा ध्यान दिन माग गर्दै आएका छन् । खासगरी लुम्बिनी आसपास रहेका ठुला उद्योगमा प्रदूषण रोक्नेदेखि लुम्बिनी क्षेत्रभित्र चल्ने सवारी साधनाबाट हुने प्रदूषण रोक्न वातावरणविद्हरुले माग गरेपछि लुम्बिनीमा विद्युतीय बस र ट्याक्सीहरु भित्र्याइएको छ । लुम्बिनी क्षेत्रमा सञ्चालनका लागि ल्याइएका विद्युतीय बस र ट्याक्सी एक वर्षदेखि अलपत्रजस्तै अवस्थामा छन् ।

वातावरणमैत्री विद्युतीय बस ५ वटा र ट्याक्सी १४ वटा भित्र्याइएको वर्ष दिन पुग्न लागे पनि सञ्चालन हुन भने सकेको छैन । लामो समय थन्क्याउँदा त्यस्ता सवारी साधन बिग्रने प्राविधिकहरु बताउँछन् । लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राईले ती सवारीसाधन कहिलेदेखि सञ्चालन हुन्छ भन्ने अझै टुङ्गो नभएको बताए । विद्युतीय सवारी साधनका लागि लुम्बिनीमा चार्जिङ स्टेशनसमेत तयार भइसकेको छ ।

तर, झण्डै एक वर्ष अघि ल्याइएका सवारी साधन सञ्चालन नभएका कारण पर्यटन व्यवसायी पनि निरास भएका छन् । लुम्बिनीका पर्यटन व्यवसायी गोविन्द ज्ञवालीले जतिसक्दो छिटो विद्युतीय सवारी चलाउनुपर्ने बताए । विद्युतीय सवारी साधन चलाउँदा पर्यटकहरुको रौनक नै फरक हुने भए पनि सरोकारवालाहरुले ध्यान दिन नसकेको उनको भनाइ छ ।

सम्बन्धित् समाचार