वैखरी अनलाईन : ईलाका प्रहरी कार्यालय पिपरामा कार्यरत प्रहरी हवल्दार ओमप्रकाश पौडेललाई असोज महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको छ । अपराध अनुसन्धानमा गरेको प्रशंसनीय कार्यको उच्च कदर गर्दै प्रहरी हवल्दार पौडेललाई ‘पुलिस अफ द मन्थ’ घोषित गरिएको हो ।
बिहिबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तु मातहतका सम्पूर्ण प्रहरी कार्यालयका कार्यालय प्रमूखहरुको उपस्थितिमा मासिक र आउँदै गरेको चाड तिहार र छठलाई मध्यनजर गरि प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।
सोही बैठकमा प्रहरी हवल्दार पौडेललाई सम्मान र प्रहरी चौकि पत्थरदेहियामा कार्यरत प्रहरी जवान बिकाश शर्मालाई स–धन्यवाद स्वरुप एक हजार नगदद्वारा पुरस्कृत गरिएको छ ।
प्रहरी जवान शर्मालाई ज्यानको प्रवाह नगरी १४/१५ फिट गहिरो पोखरीबाट एकजना महिलालाई जिवितै उद्धार गरि चुनौतिपूर्ण कार्य गरेको भन्दै प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले पुरस्कृत गर्नुभएको हो ।