गृहपृष्ठ Featured कपिलवस्तुको विजयनगरमा बेवारिसे अवस्थामा भेटिएको शवको पहिचान खुल्यो

कपिलवस्तुको विजयनगरमा बेवारिसे अवस्थामा भेटिएको शवको पहिचान खुल्यो

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिका भित्र बेवारिसे अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ । गाउँपालिकाको वडा नं. ५ बनगाइको बाटो नजिकै रहेको खाल्डोमा मृत अवस्थामा शव फेला परेको थियो ।

उक्त शव शिवराज नगरपालिका-९ भगवानपुरका ३५ वर्षीय गोरे भन्ने चन्द्र बहादुर थापा रहेको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर बिष्टले जानकारी दिए ।

मृत भेटिएको शव पोस्टमार्टमको लागि बुटवल पठाइएको बिष्टले जानकारी दिए । बिहीबार बिहान साढे ६ बजे प्रहरीले थाहा पाए पछि घटना स्थलमा पुगेको थियो । सो घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिइएको छ ।

सम्बन्धित् समाचार