गृहपृष्ठ Featured आयरल्यान्डलाई पराजित गर्दै नामिबिया शीर्ष १२ मा प्रवेश

आयरल्यान्डलाई पराजित गर्दै नामिबिया शीर्ष १२ मा प्रवेश

प्रकाशित मिति:

आइसिसी टि-२० विश्वकपको शीर्ष १२ को समीकरण पूरा भएको छ। शुक्रबार भएको खेलमा नामिबियाले आयरल्यान्डलाई पराजित गर्दै सुपर १२ मा पुगेको हो।

समूह चरणको आफ्नो अन्तिम खेलमा नामिबियाले ८ विकेटको जित निकाल्यो। १२६ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले नौ बलअगावै दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नामिबियालाई जित दिलाउन कप्तान गेरहार्ड इरास्मसले ५३ रनको अविजित इनिङ खेले।

डेभिड विसेले अविजित २८ रन बनाउँदा ओपनर क्रेग विलियम्स र जेन ग्रिनले क्रमश १५ र २४ रन बनाए। आयरल्याण्डका कर्टिस कापरले दुई विकेट लिए। यसअघि टस जितेर सुरुवातमा ब्याटिङ गरेको आयरल्याण्डले आठ ओभरमा १२५ रन बनाएको थियो।

आयरल्याण्डका लागि ओपनर पाउल स्टर्लिङले ३८ रन जोड्नुबाहेक अन्यको प्रदर्शन गतिलो रहेन। अर्का ओपनर केभिन डी ब्रुइनले २५ र एन्डी बालबर्नीले २१ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको स्कोर समेत छुन सकेनन्।

नामिबियाका जान फ्रिलिंकले सर्वाधिक ३ विकेट लिए। डेभिड विसेले २ तथा जेजे स्मिथ र बर्नार्ड शोल्ट्जले एक(एक विकेट लिए। अन्तिम खेलमा दुबैलाई शीर्ष १२ को मौका रहेको थियो। समूह ए मा श्रीलंका र नामिबिया तथा समूह बी बाट स्कटल्याण्ड र बंगलादेश सुपर १२ मा प्रवेश गरेका छन्। सुपर १२ मा पुग्ने सबै टिमले २०२२ को अस्ट्रेलिया विश्वकपमा स्वत शीर्ष १२ मा स्थान बनाउने छन्।

सम्बन्धित् समाचार