गृहपृष्ठ Featured सुदूरपश्‍चिममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो

सुदूरपश्‍चिममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो

प्रकाशित मिति:

धनगढी : सुदूरपश्चिम प्रदेशमा बेमौसमी वर्षासँगै आएको बाढी पहिरोमा परी शुक्रबार साँझसम्म मृत्यु हुनेहरूको संख्या ३४ पुगेको छ । अछामको ढकारी गाउँपालिका —३ मा कार्तिक २ गते खोलामा बगेर बेपत्ता भएकी ७ वर्षीया बालिकाको शव शुक्रबार फेला परेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक बिक्रम चन्दका अनुसार हालसम्म बाढी पहिरोमा परी सबैभन्दा बढी १६ जना डोटीमा, डडेलधुरामा ३ जना, बैतडीमा ४ जना, बझाङमा ९ जना, कैलालीमा १ र अछाममा १ जनासमेत ३४ जनाको मृत्यु भएको हो ।

यसैगरी प्रदेशका विभिन्‍न जिल्लामा १७ जना घाइते भएका छन् । एसएसपी चन्दका अनसार घाइते हुनेहरूमा डोटीमा ११ जना, डडेल्धुरामा २ जना, बैतडीमा २ जना, बझाङमा १ जना र बाजुरामा १ जना रहेका छन् ।

बझाङको थलारा गाउँपालिका —४ को डिक्लामा पहिरोमा परी बेपत्ता भएका २३ जनामध्ये हालसम्म ३ जना मृत अवस्थामा फेला परेका छन् । ‘घटनास्थल क्षेत्रमा तीनवटै सुरक्षा निकाय सेना, सशस्त्र र प्रहरीको उद्धार टोली पहिरोमा पुरिएकाहरुको खोजी कार्यमा खटिएको छ,’ चन्दले भने, ‘घटनास्थल र आसपासको क्षेत्रमा खोजी कार्य जारी छ ।’

सम्बन्धित् समाचार