गृहपृष्ठ Featured एमाले कपिलवस्तुद्धारा ९६ वडामध्ये ९२ मा सर्वसहमत नेतृत्व चयन

एमाले कपिलवस्तुद्धारा ९६ वडामध्ये ९२ मा सर्वसहमत नेतृत्व चयन

प्रकाशित मिति:

कपिलवस्तु : नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज शनिबार मुलुकभर ६ हजार सात सय ४२ वडा मध्ये प्राय सबैमा वडास्तरका अधिवेशन सम्पन्न भएका छन् ।वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो ।

यसैविच नेकपा एमाले कपिलबस्तुले जिल्लाका ९६ वटा वडा मध्ये आज ९२ वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । एमाले प्रचार विभागका अनुसार कपिलवस्तु नगरका २ वटा वडा यशोधराका १ वटा वडा र बुद्धभूमीका १ वटा वडामा प्रविधिक कारणले वडा अधिबेशन सम्पन्न हुन नसेको र भोली नै वडा अबिधेशन हुने एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलको जानकारी दिनु भयो ।

बाणगंगा नगरपालिकाका ११ वटै वडामा वडा एमालेको अधिवेशन सम्पन्न भएका छन् । बाणगंगा नगर कमिटीका अध्यक्ष यूवराज पोख्रलले दिएको जानकारी अनुसार वडा नं १मा गंगा कुमारी भटराईको अध्यक्षतमा वडा कमिटी बनेको छ । यस्तै वडा नं २को अध्यक्षमा नहकुल शाही ३ को अध्यक्षमा खगेन्द्र घिमिरे ४ को अध्यक्षमा देवि पाण्डे, ५ को अध्यक्षमा वावुराम अर्याल ,६ को अध्यक्षमा नमनारायण शर्मा न्यौपाने सर्ब सहमत रुपमा निर्वाचित हुनु भएको छ ।

वडा नं ८ को अध्यक्षमा गिता भुसाल , ९ को अध्यक्षमा विन्द्र वहादुर गुरुङ ,१०को अध्यक्षमा शिवचरण चौधरी र वाणगंगा वडा नं ११ को वडा कमिटी अध्यक्षमा चेतनारायण ढकाल सर्ब सहमत रुपमा निर्वाचित हुनु भएको छ । बाणगंगाका वडा कमिटी प्राय विधान अनुसार पूर्ण क्षमतामा ३१ सदस्यीय गठन भएका छन् ।

नगर अबिधेशनकालागि प्रतिनिधी छनौट समेत सर्ब सहमत रुपमा भएको छ । विभिन्न वडाहरुमा भएको अधिबेशनलाई केन्द्रिय नेताहरु गिरधारीलाल न्यौपाने, विमला घिमिरे , प्रदेश नेता वलराम अधिकारी जंजिर थारु डम्मर शर्मा , जिल्ला अध्यक्ष झविलाल पोख्रेल , सचिव वावुराम आचार्य उपसचिव विश्राम थारु लगायतका नेताहरुले उद्घाटन गर्नु भएको नगर अध्यक्ष पोखरेलको भनाइछ । उहाले नव निर्वाचित नेतृत्वलाई बधाई र खटिने सबैमा आभार प्रकट गर्नु भएको छ ।

यता कपिलवस्तु नगरपालिकामा भएको वडा अधिबेशनवाट वडा नं १ मा टिकाराम पोख्रेलको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी सर्बसहमत रुपमा गठन भएको छ । त्यस्तै वडा नं.२ मा जाफर अलिको अध्यक्षतामा १३ सदस्यीय , वडा नं ४ मा युनुश मुसालमानको अध्यक्षतामा १५ सदस्यीय , वडा नं. ६ मा यमलाल भुसालको अध्यक्षतामा १९ सदस्यीय एमाले वडा कमिटी सर्बसहमत रुपमा गठन भएका छन् ।

कपिलवस्तु नगरपालिकाको वडा नं. ७ मा बृज विलास सिंहको अध्यक्षतमा २१ सदस्यीय वडा सकृयदल गठन भएको छ । वडा नं ९ मा रिसव पौडेलको अध्यक्षतामा २१ सदस्यीय , वडा नं १० मा कमल हमालको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएका छन् ।

यस्तै कपिलवस्तु नगरपालिकाकै वडा नं ११ मा अभिरुल्लाह फकिरको अध्यक्षतामा २१ सदस्यीय , वडा नं १२ मा राम बृक्ष कोहारको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएका छन् । कपिलवस्तु नगरपालिकाका विभिन्न वडाहरुमा एमालेका प्रदेश नेताहरु शान्तिदेवि चमार , खुम प्रसाद आचार्य ,आजाद अहमद दर्जी , शारदा शर्मा , जिल्ला उपाध्यक्ष वावुराम खनाल, जिल्ला सदस्य शरिता आचार्य , हिरालाल पौडेल , भेषराज पाण्डे राम मिलन थारु , किरण देवकोटा ,सुन्दर पाण्डे लगायतले वडा अबिधेशनको समुद्घाटन गर्नु भएको एमाले कपिलवस्तु नगर अध्यक्ष भेषराज पाण्डेले जानकारी दिनु भयो ।

यस्तै महराजगंज नगरपालिकाको वडा नं १ को अध्यक्षमा जगदिश तेली, २ को अध्यक्षमा हेमन्त कुमार चौहान,३को अध्यक्षमा मोहम्मद अलि फकिर,४को अध्यक्षमा मकवुल प्रसाद चौधरी , ५ को अध्यक्षमा धर्म किशोर मौर्य, ६ को अध्यक्षमा शिवपुजन यादव ७ को अध्यक्षमा सलिम मुसलमान, ८ को अध्यक्षमा कृष्ण प्रसाद कोहार , ९ को अध्यक्षमा इलियास अहमद १०को अध्यक्षमा फरिद अहमद र ११ को अध्यक्षमा मनिराम गुप्ता निरविरोध निर्वाचित हुनु भएको छ ।

महाराजगंगका वडा अधिबेशनको उद्घाटन एमालेका प्रदेश नेता टेकराज पौडेल डम्मर शर्मा, जिल्ला नेता मेराज खान लगायतले गर्नु भएको थियो । यस्तै शिवराज कृष्णनगर लगायतका नगरपालिका र विजयनगर मायादेवि शुद्धोधन लगायतका सबै गाउपालिकामा अधिबेशनहरु सम्पन्न भएका छन् ।

सम्बन्धित् समाचार