गृहपृष्ठ Featured एमाले बाणगंगाद्धारा ११ वटै वडामा सर्वसम्मत नेतृत्व चयन

एमाले बाणगंगाद्धारा ११ वटै वडामा सर्वसम्मत नेतृत्व चयन

प्रकाशित मिति:

कपिलवस्तु : नेकपा एमाले को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज शनिबार मुलुकभर ६ हजार सात सय ४२ वडा मध्ये प्राय सबैमा वडास्तरका अधिवेशन सम्पन्न भएका छन् ।वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो ।

यसैविच नेकपा एमाले कपिलबस्तुले जिल्लाका ९६ वटा वडा मध्ये आज ९२ वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । एमाले प्रचार विभागका अनुसार कपिलवस्तु नगरका २ वटा वडा यशोधराका १ वटा वडा र बुद्धभूमीका १ वटा वडामा प्रविधिक कारणले वडा अधिबेशन सम्पन्न हुन नसेको र भोली नै वडा अबिधेशन हुने एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलको जानकारी दिनु भयो ।

बाणगंगा नगरपालिकाका ११ वटै वडामा वडा एमालेको अधिवेशन सम्पन्न भएका छन् । बाणगंगा नगर कमिटीका अध्यक्ष यूवराज पोख्रलले दिएको जानकारी अनुसार वडा नं १ मा गंगा कुमारी भटराईको अध्यक्षतमा वडा कमिटी बनेकोछ । यस्तै वडा नं २को अध्यक्षमा नहकुल शाही ३ को अध्यक्षमा खगेन्द्र घिमिरे ४ को अध्यक्षमा देवि पाण्डे, ५ को अध्यक्षमा वावुराम अर्याल ,६ को अध्यक्षमा नमनारायण शर्मा न्यौपाने सर्ब सहमत रुपमा निर्वाचित हुनु भएको छ ।

वडा नं ८ को अध्यक्षमा गिता भुसाल , ९ को अध्यक्षमा विन्द्र वहादुर गुरुङ ,१० को अध्यक्षमा शिवचरण चौधरी र वाणगंगा वडा नं ११ को वडा कमिटी अध्यक्षमा चेतनारायण ढकाल सर्ब सहमत रुपमा निर्वाचित हुनु भएको छ । बाणगंगाका वडा कमिटी प्राय विधान अनुसार पूर्ण क्षमतामा ३१ सदस्यीय गठन भएका छन् ।

सम्बन्धित् समाचार