गृहपृष्ठ Featured करिब ६ हजार वडामा एमालेको अधिवेशन सम्पन्न

करिब ६ हजार वडामा एमालेको अधिवेशन सम्पन्न

प्रकाशित मिति:

प्रमुख प्रतिपक्षी दल एमालेले करिब ६ हजार वडामा एकैसाथ वडा अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढीपहिरोका कारण केही जिल्लाबाहेक करिब ६ हजार वडा कमिटीको अधिवेशन भएको बताए ।

‘करिब ६ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्यांकन रहेको छ,’ उनले भने, ‘हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण संकलन हुँदै छ ।’

वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् ।

कमिटीलाई ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि ५ हजार ७४३ वडा रहेका छन् । उनले बाढीपहिरोका कारणले रोकिएको अधिवेशन एक हप्ताभित्र गर्ने बताए । देशैभरिका वडा अधिवेशनको उद्घाटन पार्टी केन्द्रीय कार्यालयबाट अध्यक्ष केपी ओलीले गरेका थिए ।

एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप शनिबार पहिलो चरणमा वडा कमिटीको अधिवेशन गरेको हो । एमालेले वडा अधिवेशन सकेर ९ कात्तिकमा पालिका अधिवेशन गर्नेछ । आगामी १० देखि १३ मंसिरमा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । -रासस

सम्बन्धित् समाचार