गृहपृष्ठ Featured लिभरपुलमै खेल जीवन अन्त्य गर्ने सलाहको चाहना

लिभरपुलमै खेल जीवन अन्त्य गर्ने सलाहको चाहना

इजिप्टका स्टार स्ट्राइकर मोहमद सलाहले व्यावसायिक खेल जीवनको अन्त्य इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल गर्ने चाहना व्यक्त गरेका छन्। स्काई स्पोर्ट्ससँग कुरा गर्दै २९ वर्षीय सलाहले व्यावसायिक खेल जीवन लिभरपुलबाटै अन्त्य गर्ने चाहना व्यक्त गरेका हुन्।

‘यो विषय मेरो इच्छामा मात्र निर्भर गर्दैन। तर, मलाई सोधेमा मेरो व्यवसायिक फुटबल करियरको अन्तिम दिनसम्म पनि लिभरपुलकै जर्सीमा खेल्न चाहन्छु’, सलाहले स्काई स्पोर्ट्ससँग भनेका छन्, ‘यो सबै मेरो हातमा छैन। यो सबै कुरा क्लब के चाहन्छ भन्नेमा निर्भर रहन्छ।’

सलाहले आफू लिभरपुलको विरुद्ध मैदान उत्रिएको कल्पना पनि गर्न नसकिने बताए। ‘म आफूलाई लिभरपुलविरुद्ध खेलेको देख्न पनि सक्दिनँ। यसका बारेमा पनि कुरा पनि गर्न चाहन्नँ’,उनले भनेका छन्, ‘यसले मलाई साँच्चै दुखि तुल्याउँछ।’

सन् १९९२ मा इजिप्टको नागरिगमा जन्मिएका सलाहले व्यवसायिक फुटबलको सुरुवात आफ्नै देशको अल मोकाबोलुनबाट गरेका थिए। यो क्लबमा अनुबन्ध भएको छोटो समयपछि नै उनी स्विस क्लब बसेल पुगेका थिए।

सम्बन्धित् समाचार