गृहपृष्ठ Featured पहिलो पटक अमेरिकी खोप फाइजर नेपाल भित्रिँदै

पहिलो पटक अमेरिकी खोप फाइजर नेपाल भित्रिँदै

अमेरिकाले नेपाललाई १ लाख ६ सय २० फाइजर खोप उपलब्ध गराउने भएको छ। कोभिड १९ विरुद्धको सहयोग स्वरुप अमेरिकाले खोप उपलब्ध गराउन लागेको हो।

अमेरिकी दूतावासले आज ट्विट गर्दै थप खोप उपलब्ध गराउन लागेको जानकारी दिएको छ। यससँगै नेपालमा पहिलो पटक फाइजर खोप भित्रिने भएको हो।

दूतावासले सम्भवत भोलि नै खोप आइपुग्ने जानकारी दिएको छ। यसअघि अमेरिकाले नेपाललाई १५ लाख जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो।

सम्बन्धित् समाचार