गृहपृष्ठ Featured रुपन्देहीको तिलोत्तमामा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु

रुपन्देहीको तिलोत्तमामा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु

प्रकाशित मिति:

बुटवल: रुपन्देहीको तिलोत्तमामा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । शुक्रबार राती तिलोत्तमा-२ सिता राइसमिल नजिक भएको दुर्घटनामा परी स्कुटर चालक तिलोत्तमा–१ शंकरनगरकी २३ वर्षीया सुस्मिता क्षेत्रीको मृत्यु भएको हो।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार शुक्रबार राति बुटवलबाट तिलोत्तमामा तर्फ जाँदै गरेको लु ३० प ४२६० नम्बरको स्कुटर दुर्घटनामा परेको थियो।

दुर्घटनाबाट गम्भीर घाइते क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार