गृहपृष्ठ Featured साहित्यकार झमक घिमिरेसहित ६ जना पुरस्कृत

साहित्यकार झमक घिमिरेसहित ६ जना पुरस्कृत

प्रकाशित मिति:

धनकुटा : साहित्यकार झमक घिमिरेसहित ६ जना यस वर्षको मधु श्री विशिष्ट साहित्य पुरस्कारबाट सम्मानित भएका छन् । गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय धनकुटाले यो पुरस्कार वितरण गर्दै आएको छ ।

घिमिरेलाई १५ हजार १ सय ११ नगदसहित सम्मान पत्र प्रदान गरिएको संस्थाका अध्यक्ष घनश्याम बरालले जानकारी दिए । यसैगरी, ११ हजार १ सय ११ रूपैयाँ राशीको भाष्कर लामिछाने लोक संस्कृति पुरस्कार काठमाडौंकी सुनिता भट्टराईले पाइन् ।

पुस्तकालयले गर्गश्री सम्मान पुरस्कार षडानन्द स्मृति प्रतिष्ठान इटहरीकी मिथिला पोखरेल, गंगाराम भद्रशिला स्मृति पुरस्कार योगमाया शक्तिपीठ विराटनगरकी कविता चापागाई, कृष्णकुमारी वेणी माधव समाजसेवा पुरस्कार पूर्वाञ्चल अनाथ आश्रम विराटनगरकी राधा भट्टराई र डिल्लीमाया बराल प्राज्ञिक एकल महिला पुरस्कार सरला चापागाईंलाई प्रदान गरेको छ । उनीहरुलाई जनही १० हजार १ सय ११ नगदसहित सम्मान पत्र प्रदान गरिएको हो ।

मूलघाटस्थित तमोर नदी किनारमा रहेको विश्रान्तिमा आयोजित विशेष कार्यक्रममा ती पुरस्कार वितरण गरिएको थियो । प्रत्येक वर्ष संस्थाको स्थापना दिवसको अवसर पारेर पुरस्कार प्रदान गर्दै आएको आएको संस्थाका संस्थापक टीकाप्रसाद लामिछानेले बताए । ती पुरस्कार साहित्यकार कुन्ता शर्मा, प्राज्ञ विवश पोखरेल, दधिराज सुवेदी, प्राडा गोपाल भण्डारीलगायतले वितरण गरेका थिए । सोही अवसरमा बृहत कवि गोष्ठि समेत आयोजना गरिएको थियो ।

सम्बन्धित् समाचार